IME Life New

विश्वभरबाट अमेरिकामा आइरिँदै पैसा, बेलायतको होल्डिङ रेकर्डस्तरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र यसको ठूलो ऋणका बाबजुद विश्वभरका देशहरुबाट विश्वास कायम छ। अमेरिकी ट्रेजरीमा विदेशी होल्डिङ अगस्टमा ८३ अर्ब डलरले बढेर ९.३३ खर्ब डलर पुगेको छ। जुन अहिलेसम्मकै छैटौँ उच्च हो।

क्यानडा, बेल्जियम र बेलायतले यस अवधिमा अमेरिकी ट्रेजरीमा आफ्नो होल्डिङ उल्लेखनीय रुपमा बढाएका छन्। अर्कोतर्फ जापान र चीनले आफ्नो होल्डिङ घटाएका छन्।

Esewa
Crest

अगस्टमा अमेरिकी ट्रेजरीमा विदेशी होल्डिङमा भएको वृद्धिमा क्यानडाले सबैभन्दा बढी योगदान पुर्याएको छ। यसको होल्डिङ ३८ अर्ब डलरले बढेर ४६५ अर्ब डलर पुगेको छ। जुन अहिलेसम्मकै चौथो उच्च हो। बेल्जियमले पछ्याएको छ। यसको होल्डिङ २० अर्ब डलरले बढेर ४९१ अर्ब डलरपुगेको छ।

बेलायत अमेरिकी ट्रेजरीको दोस्रो ठूलो होल्डर हो। जसले अगस्टमा आफ्नो होल्डिङ ११ अर्ब डलरले बढेर १.०१ खर्ब डलर पुर्याएको छ।

यसैबीच सबैभन्दा ठूलो विदेशी होल्डर जापानले अमेरिकी ट्रेजरीमा आफ्नो होल्डिङ ३६ अर्ब डलरले घटाएर १.०७ खर्ब डलरमा झारेको छ। यो नोभेम्बर सन् २०२४ पछिको सबैभन्दा कम स्तर हो।

अमेरिकी ट्रेजरीको तेस्रो ठूलो होल्डर चीनले अगस्टमा आफ्नो होल्डिङ २७ अर्ब डलरले घटाएर ५९१ अर्ब डलरमा सीमित पारेको छ। यो अगस्ट सन् २००८ पछिको सबैभन्दा कम स्तर हो।

जापान र चीनले निरन्तर बिक्री गरे पनि अमेरिकी ट्रेजरीमा विदेशी होल्डिङ बढ्दै गएको छ।

अमेरिकी ऋण ४०.३ खर्ब डलर नाघेको छ। विगत केही दशकहरुमा यो द्रुत गतिमा बढेको छ। सन् १९९० मा यो ३.२ खर्ब डलर थियो र सन् १९९५ मा ५ खर्ब डलर पुग्यो। अर्को पाँच वर्षमा गति थोरै सुस्त भयो। सन् २००० मा ५.७ खर्ब डलर पुग्यो।

सन् २०१० मा यो १३.६ खर्ब डलर पुग्यो र २०१५ मा १८.२ खर्ब डलर पुग्यो। यो २०२० मा २७ खर्ब डलर र २०२५ मा ३८.५ खर्ब डलर थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS