काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले बढेर ४ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।












