IME Life New

पूर्व अर्थमन्त्रीको गुनासो र नेपाल टेलिकमको सेवामाथि आम उपभोक्ताले उठाएका प्रश्नहरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अवैतनिक ब्राण्ड राजदूतको रूपमा प्रचार गर्दै आएको नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवाको गुणस्तर र ग्राहक सेवाप्रतिको कार्यशैलीलाई लिएर हालै सामाजिक सञ्जालमा गम्भीर प्रश्न उठेको छ। पूर्व अर्थमन्त्री रामेश्वर खनालले टेलिकमको सेवा अवरुद्ध भएपछि र आधिकारिक माध्यमबाट सुनुवाइ नभएपछि फेसबुकमार्फत व्यक्त गरेको गुनासो र त्यसमा आएका आम नागरिकका प्रतिक्रियाले सरकारी सेवाको यथार्थ चित्र उजागर गरेको छ।

पूर्व अर्थमन्त्री खनालले आफ्नो घरको इन्टरनेट विगत तीन दिनदेखि नचलेको र टेलिकमको ग्राहक सेवा केन्द्रको हटलाइन नम्बर १९८ मा दर्जनौँ पटक कल गर्दा पनि कल ड्रप हुने वा प्रतीक्षा सूचीमै समय समाप्त हुने समस्या भोगेका थिए। आधिकारिक माध्यमबाट कुनै सुनुवाइ नभएपछि उनले आफ्नो समस्या फेसबुकमा सार्वजनिक गरे।

Esewa
Crest

त्यसलगत्तै, सामाजिक सञ्जालको प्रभावका कारण टेलिकमका अधिकारी डा. शालिग्राम पराजुलीको सक्रियतामा उनको समस्या तत्काल समाधान भयो। खनालले यसका लागि धन्यवाद ज्ञापन गरे पनि यो घटनाले आम नागरिकमाथि ठूलो प्रश्न जन्माएको छ,एक पूर्वमन्त्री र विशिष्ट व्यक्तिको गुनासो तुरुन्तै सम्बोधन हुन्छ भने, आम साधारण जनताले कहिले र कसरी सेवा पाउने ?

पराजुलीले नेपाल टेलिकमको वेबसाइटमा सम्बन्धित क्षेत्रको मर्मत संभार जिम्मेवारी बोकेका व्यक्तिहरूको व्यक्तिगत मोबाइल नम्बर सहितको विवरण समेत उपलब्ध रहेको जानकारी गराउँदै उनीहरूसँग सम्पर्क गर्न सुझाव दिएका छन् । ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क हुन नसकेमा नेपाल टेलिकमको वेबसाइटमा  सम्बन्धित सेवा क्षेत्रको कार्यालय प्रमुखहरूको मोबाइल नम्बर उपलब्ध भएकाले सोही नम्बरमा सम्पर्क गरेर जानकारी गराउन समेत उनले अनुरोध गरेका छन् ।

पूर्वमन्त्री खनालको उक्त पोष्टमा थुप्रै नागरिकहरूले आफ्ना पीडा र प्रतिक्रियाहरू व्यक्त गरेका छन्। अधिकांश प्रयोगकर्ताहरूले ठूला मान्छेले फेसबुकमा लेखेपछि तुरुन्त काम हुने, तर लाखौँ सर्वसाधारण जनताले १९८ मा फोन गर्दा कहिल्यै नउठ्ने भन्दै सरकारी कार्यालयको विभेदपूर्ण कार्यशैलीको आलोचना गरेका छन्।
सेवाग्राहीहरूले १९८ नम्बरमा डायल गर्दा व्यस्त रहने, फोन स्वतः काटिने वा घण्टौँ पर्खनुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। कतिपयले त लाईन मर्मत वा जडानका लागि महिनाटौँ कुर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

निजी इन्टरनेट सेवा प्रदायकहरू जस्तै वर्ल्डलिंक, सुबिसु आदिले ग्राहकको समस्या आएको केही घण्टाभित्रै वा तुरुन्तै फिल्डमा पुगेर समाधान गर्ने गरेको पाइन्छ। तर, नेपाल टेलिकममा गुनासो टिपाउने भरपर्दो च्यानलको अभाव र कर्मचारीको सुस्त गतिकै कारण ग्राहकहरू महँगो भए पनि निजी कम्पनीतिर आकर्षित भइरहेका छन्।
प्रधानमन्त्री तहबाटै ब्राण्डिङ गरिए पनि जबसम्म धरातलीय सेवा सुधार हुँदैन, तबसम्म यस्ता अभियानले संस्थाको साख जोगाउन सक्दैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS