IME Life New

अन्तर्राष्ट्रिय समावेशी बीमा मञ्चमा नेपालमा एआईमा आधारित पशुधन बीमाबारे अनुभव साझा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकी नायब मुख्य कार्यकारी अधिकृत (डीसीइओ) रेना रिजालले थाइल्यान्डको राजधानी बैंककमा गत साता आयोजित ‘जेनेराली–संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडीपी) एसिया समावेशी बीमा नवप्रवर्तन मञ्च’ मा नेपालको प्रतिनिधित्व गर्दै वक्तव्य प्रस्तुत गरेकी छन्।

गत अक्टोबर १२ मा सम्पन्न उक्त अन्तर्राष्ट्रिय मञ्चमा रिजालले वक्ताका रूपमा सहभागी भई कृत्रिम बौद्धिकतामा आधारित डिजिटल पशुधन बीमा प्रणालीका विषयमा युनाइटेड अजोड इन्स्योरेन्सका अनुभव तथा नवीनतम पहलहरू प्रस्तुत गरेकी हुन्।
कार्यक्रमा बोल्दै डिसीइओ रिजालले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको र यसले लाखौँ नेपालीको जीविकोपार्जनमा मुख्य भूमिका खेलेको चर्चा गरिन्। पशुपालक किसानहरूले सहज र सुलभ बीमा पहुँच पाउन तथा समयमै दाबी भुक्तानी प्राप्त गर्न अझै पनि विभिन्न चुनौतीहरू सामना गरिरहेनु परेको उनले बताइन्।
आफ्नो प्रस्तुतिको क्रममा उनले नेपालको प्रविधि साझेदार ‘प्लान्टस्याट’  सँगको सहकार्यमा गाईभैँसीको थुतुनो(मुख) पहिचान गर्ने एआई प्रविधि प्रयोग गरी पशुधन बीमामा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे स्पष्ट पारिन्। यस प्रविधिले वस्तुको सही पहिचान गर्न, फर्जी दाबीहरू न्यूनीकरण गर्न, पारदर्शिता अभिवृद्धि गर्न र दाबी भुक्तानीको प्रक्रियालाई द्रुत तथा विश्वसनीय बनाउन सहयोग पुर्‍याउने रिजालको भनाइ थियो।
प्रविधिमा आधारित बीमा समाधानले ग्रामीण जीविकोपार्जनको संरक्षण, वित्तीय सबलीकरण र बीमाको दायरा विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरिन्।
साथै, उक्त कार्यक्रमले एसियाभरिका नवप्रवर्तनबाट सिक्न, विचार आदानप्रदान गर्न र प्रतिष्ठित बीमा विज्ञ तथा विकास साझेदारहरूसँग सम्बन्ध विस्तार गर्न उत्कृष्ट अवसर प्रदान गरेको उनले उल्लेख गरिन्। यस्तो अर्थपूर्ण मञ्च आयोजना गरेकोमा उनले जेनेराली र युएनडीपीलाई धन्यवाद दिँदै नेपालमा थप सुलभ, नवीन र दिगो बीमा प्रणाली निर्माणका लागि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरिन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS