IME Life New

अब शेयर बजारमा एकैदिन रु. १० लाखको कारोबार गरेमा जानकारी गराउन अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा कुनै व्यक्ति वा कानुनी व्यक्तिले एकै दिन १० लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गरेको अनिवार्य रुपमा जानकारी गराउनुपर्ने भएको छ।

धितोपत्र बोर्डले असोज ३० गतेबाट सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८३ लागू गरेको छ। सोही निर्देशनमा यस्तो व्यवस्था कायम गरिएको हो। शेयर बजार सम्बद्ध सूचक संस्थाले कुनै पनि व्यक्ति वा कानुनी व्यक्तिले एकै दिन एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गरेमा सोसम्बन्धी तोकिएको विवरण कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाइलाई तोकिएको सफ्टवेयरमार्फत उपलब्ध गराउनुपर्नेछ।

Esewa
Crest

यसैगरी ग्राहकले १० लाख वा सोभन्दा बढीको तोकिएको सीमामा कारोबार गरेमा सूचक संस्थाले कारोबार रकम, श्रेस्ता वा हिसाब सञ्चालनसम्बन्धी छुट्टै अभिलेख तयार गर्नुपर्नेछ। त्यस्तो कारोबारमा प्रयोग हुने रकमको स्रोतसमेत उल्लेख गर्न लगाई अद्यावधिक गर्नुपर्नेछ।

सरकारी कार्यालय तथा संस्थाले गरेको कारोबारको विवरण भने सूचक संस्था इकाइमा पठाउन आवश्यक नरहेको निर्देशनमा व्यवस्था गरिएको छ।

निम्न निकाय कारोबार विवरण पठाउनु नपर्ने

  • नेपाल सरकार वा नेपाल सरकारअन्तर्गत कार्यालय वा निकायले गरेको कारोबार।
  • विशेष ऐनअन्तर्गत स्थापित निकायले गरेको कारोबार।
  • धितोपत्र बोर्डमा धितोपत्र दर्ता भएका संगठित संस्थाले धितोपत्रको खरिद वा बिक्री गर्न स्थापना गरेका र धितोपत्र बोर्डबाट अनुमति प्राप्त सहायक संस्थाले गरेको कारोबार।

यद्यपि, छुट दिइएका उक्त कारोबारहरुको हकमा शंकास्पद कारोबारको पहिचान गर्न र सोबमोजिमको विवरण तयार गरी वित्तीय जानकारी इकाइमा पठाउन छुट दिएको मानिने निर्देशनमा व्यवस्था गरिएको छ।

यसैगरी धितोपत्र बजारमा ग्राहक पहिचानमा निर्देशनमार्फत कडाइ गरिएको छ। सूचक संस्थाले ग्राहक तथा वास्तविक धनीलगायतका व्यक्तिको आधारभूत सूचना तथा कागजातसहित अन्य विवरण जोखिमका आधारमा नियमित रुपमा विद्युतीय प्रविधिको प्रयोग गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था निर्देशनमार्फत गरिएको छ। सो कार्यका लागि सूचना प्रविधि प्रणाली विकास गरी कार्यान्वयन गर्नुपर्ने निर्देशनमा व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS