काठमाडौं । बिहानै आँगन गोबरले लिपिएको थियो। कलशको छेउमा नाै दिनको धैर्यले हुर्किएको जमरा पहेँलो-हरियो भएर उभिएको थियो। रमेशका हजुरबुबा, जसलाई घरमा सबैले आदरले “बाबाजी” भन्थे, दुबै हातले टीकाको थाल उचाल्दै ल्याउँदै थिए।
धनुषाको त्यो गाउँको आँगन भरिभराउ थियो। चाची-फुवा र भउजी( काकी, फुपु र भाउजु)हरू पुवा र खीरको स्वादबारे हाँसीहाँसी झगडा गर्दै थिए। काठमाडौं, मलेसियाबाट आएका भाइ भतिज र भानिजहरू पङ्क्तिबद्ध निधार थापेर बसेका थिए। सबैभन्दा अगाडि सत्र वर्षकी छोरी अञ्जली कापी काखमा राखेर बसेकी थिई। दशैंको दिन पनि उसको रसायनशास्त्रको परीक्षा नजिकै थियो।
टीकाको साइत घर्किनै लाग्दा पनि रमेश घर आइनपुगेपछि बाबाजीले सबैलाइ ढाडस दिंदै बजारमा कतै अल्झियो होला आइपुग्छ। साइतको टीका लगाउन ढिला नगरम्। अनि उनी कान्छी नातिनी तर्फ मुस्कुराउँदै भने “पहिले बच्चाहरू”, र क्रमशः सबैको पालो आयो।
रमेशले पनि ठूलो परिवारका लागि टीका लगाउन नपुग्ला की भनेर बजारबाट दही, चामल र अबिर लिएर छिमेकीहरूसँग शुभकामना साट्दै मुस्कुराउँदै आँगनमा झुल्किए । तर जनकपुर बजारको आफ्नो साना कृषि-सामग्री पसलबाट एउटा कुरा उनीसँगै घरसम्म आएको थियो, र त्यसले छोडेको थिएन। गएको महिना छिमेकी गाउँका एकजना मानिस खेतको आलीमै ढलेका थिए। उमेर एकचालीस वर्ष मात्र थियो। दशैंको एक हप्ता अघि मात्र गाउँको चोकमा भएको शोकसभामा उनकी श्रीमतीलाई सहकारीका अध्यक्षले दिएको सहयोगको खामबाट रुपैयाँ गनिरहेको रमेशले देखेका थिए। तर त्यो रकम निकै थोरै थियो।
त्यो रात घर फर्केर रमेशले आफ्नै घरको हिसाब गरे। उनको परिवारको दानापानी पसल र खेतले चलिरहेको थियो। श्रीमतीले घर सम्हालेकी थिइन् र साँझ टोलका केटाकेटीलाई पढाउँथिन्। सहकारीको ऋण अझै एघार वर्ष तिर्न बाँकी थियो। अञ्जलीले डाक्टर पढ्ने सपना देखेकी थिई, र सबै भन्थे उसले सक्छे। आफू नहुँदा त्यो सपनाको पछाडि को उभिन्छ?
यो कुरा उनले कसैलाई भनेका थिएनन्। दशैंमा, जब पूरै घरले देवी दुर्गासँग शुभको कामना गरिरहेको हुन्छ, अशुभ सुनिएला जस्तो लाग्थ्यो।
“रमेश!” (पृष्ठभूमीबाट बाबाजीको दर्बिलो स्वर सुनियो)
बाबाजीले अनुहारको भाव देखेरै जेठो नाति कुनै न कुनै चिन्तनमा छ भन्ने भेउ पाइहाले । टीकाको थाल समाउँदै उनले रमेशलाइ मन्त्रोच्चारण सहित आशिर्वाद दिंदै टीका लगाइ दिए । तर आज अझै पनि रमेशको अनुहार खुल्न सकेको थिएन । बुढो बाबाजीको काँपिरहेको हात रमेशको काँधमा आएर रोकियो।
“बिहानैदेखि तिमी यहाँ थिएनौ,” बाबाजीले मसिनो स्वरमा भने। “के भाको हो आज पर्वको दिनपनि अनुहार उज्यालो देखिन्न।”
बाबाजीले आँगनकै पूर्वतर्फको पिपल बोट मुनी हिंड्न रमेशलाइ इशारा गर्दै आफू अघिल्तिर लागे । रूखमुनीको नरिवलको जट्टाले बुनिएको काठको खाटमा बाबा थचक्क बस्न नपाउँदै रमेश पनि आडैमा बस्न पुगे।
परिवारका बाँकी सदस्यहरू पर्व पकवानको स्वाद लिंदै रमाइरहेको टाढैबाट सुनिन्थ्यो।
बाबाको आँखाले केही अनुत्तरित प्रश्नको उत्तर खोजिरहेको चाल पाएपछि रमेशले मलिन स्वरमा भने, “त्यस्तो खासै केही हैन बाबाजी। बिहानदेखि एउटा कुरा मनमा खेलिरहेको थियो।”
“के कुरा?” बाबाजीले कोट्याउँदै भने।
रमेशले “पसल” भन्न खोजे, तर भन्न सकेनन्। “अञ्जलीको कुरा। ऋण। मलाई केही भइहाल्यो भने के होला भन्ने।” शब्दहरू सानै स्वरमा उनको मुखबाट निस्कियो ।
उनले बाबाजीबाट हप्काइ वा “यस्तो नभन” भन्ने सुनिएला की अनुमान गरेका थिए। तर बाबाजीले बिस्तारै टाउको हल्लाए, मानौँ रमेशले बुद्धिमानी कुरा गरेका थिए।
“तिम्रो बुबा बितेपछि,” बाबाजीले भने, “मैले बडो दुःख गरेर तिमी दुबै दाजुभाईलाई हुर्काए, बढाए । मसँग त्यही मात्र थियो। तर अहिलेको महँगीको जमानामा बुजुर्गको आशीर्वाद भनेको शब्द, अक्षता र निधारमा एउटा स्पर्श मात्र हो। त्यसले घरको खर्च टर्दैन, स्कुलको फि तिर्दैन ।
रमेश मौन रहे।
आँगनको अर्कोतिर अञ्जली आफ्नी भाउजूसँग केही कुरामा हाँसिरहेकी थिई।
“मेरो आशीर्वाद मसँगै सकिन्छ,” बाबाजीले अलिक गम्भीर हुँदै भने। “तर यो परिवारका लागि तिमिसँगै तिम्रो आशीर्वाद सकिनु हुँदैन।”
त्यो साँझ पाहुनाहरू गइसकेपछि रमेशले भान्सामा श्रीमतीलाई आफूले बोकेको भारी सुनाए। उनले बीचमा केही बोलिनन्। सबै सुनिसकेपछि रमेशको हात समातिन्, र धेरै बेरसम्म दुबै एक अर्कालाइ हेर्दै मौन हुन्छन् । आँखाको भावबाटै भावना साट्ने प्रयास गर्छन् ।
दशैं सकिएपछि अर्को हप्ता जनकपुर फर्केर रमेशले पसल चाँडै बन्द गरे र एकजना बीमा सल्लाहकारलाई भेट्न गए। उनले सरल प्रश्न सोधे। उनको जस्तो परिवारलाई वास्तवमा कति रकमको सुरक्षा चाहिन्छ ? ऋण, अञ्जलीको पढाइ र श्रीमतीको भविष्यमा त्यसको के असर पर्छ? अभिकर्ताले रमेशका हरेक जिज्ञासाहरू सरल शब्दमा व्याखया गर्दै मेटाए । मट्का चिया पिउँदै आधा घण्टा सम्म भएको सल्लाहका क्रममा उनले बीमाबारे आवश्यक सबै जानकारी पाइसकेका थिए । छुट्टिनुअघि रमेशले अभिकर्तासँग प्रस्ताव फारम लिए र झोलामा बोकेर घरतिर लम्के ।
घर पुगेपछि उनले अझ गाह्रो काम गरे। परिवारलाई एकै ठाउँ बसालेर जीवन बीमा के हो, कति पैसाको बीमा गर्न लागेको हो। उनलाइ केही भइ हाले बीमाको पैसा कसरी पाइन्छ भन्ने विस्तार लगाए । उनले आफूलाइ केही नभएपनि जीवन बीमाबाट पैसा पाउने कुरा सुनाए । उनले सरल शब्दमा वर्णन गरेर । उनले कुरालाई डरलाग्दो बनाएनन्। रमेशले जानकारी दिने क्रममा छोरी अञ्जलीले भविष्यकी डाक्टरले बिरामीलाइ सोधे झैं बीमाबारे एक एक जानकारी सोधिन् ।
अर्को वर्षको दशमीमा बाबाजीले रमेशको निधारमा रातो टीका लगाइदिए र उनको हात सधैंभन्दा अलि बेर समातिरहे। रमेशले पोहोर दशैंको प्रसङ् कोट्याए र जीवन बीमाबारे बाबाजीलाई सुनाए। नातिको बुद्धिमता देखेर खुशी बाबुजीको थोते दाँत देखाउँदै बडो प्रशन्न भएर हाँसे ।
आशीर्वादले मन जोगाउँछ। योजनाले भविष्य जोगाउँछ।
के तपाईंको परिवारको आशीर्वादको पछाडि योजना छ?
दशैं आशीर्वादको चाड हो। यो हप्ता दश मिनेट निकालेर हेर्नुहोस्: तपाईको आम्दानीमा को-को निर्भर छन्, कति ऋण बाँकी छ। जीवन बीमा गरिसक्नु भएको छ भने इच्छ्याइएको व्यक्ति को छन् , तपाईको ग्राहक पहिचान र अन्य कागजात अद्यावधिक छन् कि छैनन्।
[आफ्नो परिवारको सुरक्षा अन्तर जाँच्नुहोस्] · [सल्लाहकारसँग कुरा गर्नुहोस्]
बीमाका सुविधा कम्पनी र बीमा योजना फरक पर्छन्। कृपया शर्त, सीमा र अपवादहरू ध्यानपूर्वक पढ्नुहोस् वा इजाजतप्राप्त बीमा अभिकर्ताहरूसँग मात्र सल्लाह लिनुहोस्।












