IME Life New

चार विकास बैंकले घोषणा गरे लाभांश, कुनको शेयर किन्दा अझै पाइन्छ प्रस्तावित लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को लागि हालसम्म पाँच वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गर्ने विकास बैंकमा शाइन रेसुङगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र गरिमा विकास बैंक हुन् ।

Esewa
Crest

शाइन रेसुङगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा बोनस शेयर ६ प्रतिशत र नगद लाभांश १० प्रतिशत (करसहित) रहेका छन्। हाल बैंकको चुक्तापुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९.९३ रुपैयाँ रहेको छ। बैंकले साधारण सभा सम्पन्न गरिसकेको छ ।

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४.९४ रुपैयाँमध्ये अग्राधिकार शेयरपुँजी ३५ करोड रुपैयाँ बाँडफाँट भएको मितिबाट गत असार मसान्तसम्म आनुपातिक रुपमा ९ प्रतिशतका दरले हुन आउने रकम १ करोड ४० लाख ६७ हजार १२३.२९ रुपैयाँ र साधारण शेयरपुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४.९४ रुपैयाँको १५ प्रतिशतले हुन आउने ५७ करोड ९२ लाख ८९ हजार ६२२.२४ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले भदौ ३१ गते साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांश पारित गरिसकेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ३९ करोड ३० लाख ५९ हजार ८४२.६९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४ प्रतिशतले हुन आउने १४ करोड ९३ लाख ६२ हजार ७४०.२२ रुपैयाँबराबरको बोनस शेयर र ६.५२६३ प्रतिशतले हुन आउने २४ करोड ३६ लाख ९७ हजार १०२.४७ रुपैयाँबराबरको नगद लाभांश (नगद र बोनसमा लाग्ने करसहित) रहेका छन्। बैंकले साधारण सभा सम्पन्न गरिसकेको छ ।

गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छन्। बैंकले साधारण सभा सम्पन्न गरिसकेको छ ।

मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि गत आर्थिक वर्षको मुनाफा र सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) छन्। बैंकले साधारण सभाको मिति तय गरेको छैन् ।

लाभांश घोषणा गरेका पाँच विकास बैंकमध्ये अझै मितेरी डेभलपमेन्ट बैंकको शेयर किन्दा प्रस्तावित लाभांश पाइने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS