IME Life New

हालसम्म ९ वटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को लागि हालसम्म ९ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा सिद्धार्थ बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनएमबि बैंक र एभरेष्ट बैंक हुन् ।

Esewa
Crest

नबिल बैंकले आर्थिक वर्ष २०८२।८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १० दशमलव ८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६.४६ रुपैयाँबराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६.७६ रुपैयाँ रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) रहेका छन्। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

सानिमा बैंकले बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ छ। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तपुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

कुमारी बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०५३ प्रतिशतले हुन आउने ५५ करोड २१ लाख २३ हजार ३९६.६३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा समेत सम्पन्न गरिसकेको छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश छन्। बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा यही असोज २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  जसमा ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

एनएमबि बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि  वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी ७ प्रतिशतले हुन आउने १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। बैंकले साधारण सभा र बुक क्लोज मिति तय गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS