IME Life New

तीन वटा लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालसम्म नेप्सेमा सूचिकृत ३ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७.२२ रुपैयाँको कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६ प्रतिशतले हुन आउने ३ करोड ८८ लाख ९७ हजार ८६७.८३ रुपैयाँबराबरको बोनस शेयर र ३.५ प्रतिशतले हुन आउने २ करोड २६ लाख ९० हजार ४२२.९० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) छन्।

Esewa
Crest

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्। उक्त प्रस्ताव पारित गर्न संस्थाले आफ्नो ११ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटा नगरपालिकाको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेबाट सुरु हुनेछ। संस्थाले बुक क्लोज गरिसकेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको कुल ११.०५२६ प्रतिशतले हुन आउने १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। संस्थाले बोनस शेयर भने वितरण नगर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS