IME Life New

पुनर्बीमामा एक जोखिम र अधिक नोक्सानीः एक आधारभूत तर महत्त्वपूर्ण प्रश्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा तथा पुनर्बीमा क्षेत्रमा सम्झौताका शब्दहरू केवल कानुनी औपचारिकता मात्र होइनन् । यिनले कम्पनीको वित्तीय स्थायित्व र दाबी भुक्तानीको सीमा प्रत्यक्ष रूपमा निर्धारण गर्छन्।  हालै, भारतीय बीमा क्षेत्रका दिग्गज व्यक्तित्व एवं नेपालको हिमालयन रिइन्स्योरेन्सका संस्थापक सीइओ सीए चन्द्रशेखरन रामकृष्णनले पुनर्बीमा सम्झौतामा एक जोखिमको अर्थ र यसले पार्ने प्रभावबारे एक महत्त्वपूर्ण प्राविधिक विश्लेषणात्मक आलेख प्रस्तुत गरेका छन्।

जलविद्युत् आयोजना, ठूला औद्योगिक संरचना र प्राकृतिक विपत्तिको उच्च जोखिम रहेको नेपाली बीमा बजारका लागि एउटा जोखिमको सही पहिचान, बुझाइ र प्रयोग अति नै सान्दर्भिक मानिन्छ। यसै सन्दर्भमा रामकृष्णनको अालेखले समेटेका प्राविधिक शब्दावलीहरूको परिभाषा र विश्लेषण यहाँ समावेश गरिएको छ।

Esewa
Crest

सीए चन्द्रशेखरन रामकृष्णनको विश्लेषणका मुख्य बुँदाहरू
१) कुनै एक जोखिम(Any one risk) को वित्तीय महत्त्व किन छ?

अधिक नोक्सानी (Excess of Loss)  पुनर्बीमा व्यवस्थामा, बीमकले व्यहोर्ने सीमा भन्दा माथिको क्षति पुनर्बीमकले भुक्तानी गर्छ। उदाहरणका लागि, मानौँ एउटा सम्झौता रु. ९० करोडको अधिक नोक्सानी र रू १० करोडको कुनै एक जोखिम पुनर्बीमा गरिएको छ। यदि कुनै एउटा जोखिममा रु २५ करोडको क्षति हुन्छ भने, प्राथमिक बीमकले रु १० करोड व्यहोर्छ र बाँकी रु १५ करोड पुनर्बीमकले व्यहोर्छ। तर जब एउटै घटना वा दाबीमा धेरै सम्पत्ति, बीमालेख, वा स्थानहरू समावेश हुन्छन्, स्थिति जटिल बन्छ।

छुट्टाछुट्टै जोखिमः यदि क्षतिग्रस्त तीनवटा भवनलाई छुट्टाछुट्टै जोखिम मानियो भने, प्राथमिक बीमकले तीनपटक रु. १० करोडका दरले स्वधारणवापतको नोक्सानी व्यहोर्नुपर्छ।

एकै जोखिमः यदि पूरै परिसरलाई एउटै जोखिम मानियो भने, प्राथमिक बीमकले एकपटक मात्रै स्वधारणवापतको रू १० करोडको व्यहोर्छ र बाँकी नोक्सानी रकम पुनर्बीमकबाट दाबी गर्न मिल्छ।

२) बीमा क्षेत्रमा विद्यमान भ्रम र यथार्थ

पुनर्बीमा अभ्यासमा दुईवटा सामान्य तर गलत अनुमान गर्ने गरिन्छ। एउटा बीमालेख भनेको एउटा जोखिम, तर यो अवधारणा सधैँ लागू हुँदैन। एउटै बीमालेखले फरकफरक भौगोलिक स्थानमा रहेका धेरै संरचना वा जोखिमहरू समेट्न सक्छ।

एउटै स्थान भनेको एउटा जोखिमः एउटै परिसर वा स्थानभित्र रहेका फरकफरक व्यक्ति वा व्यवसायका नीतिहरू छुट्टाछुट्टै जोखिम हुन सक्छन्।

सम्झौताको सञ्चालन धारामा प्रायः “प्रत्येक र सबै नोक्सानी, कुनै एक जोखिम” उल्लेख हुन्छ। त्यसैले जोखिमको एकाइ निर्धारण गर्न सम्झौताको परिभाषा, सम्पत्तिको प्रकृति र व्यावसायिक संरचनालाई नै मुख्य आधार मान्नुपर्छ।

३) कुनै एक जोखिम र कुनै एक घटना बीचको भिन्नता

यी दुई अवधारणालाई एउटै मान्नु पुनर्बीमा दाबीमा ठूलो भूल हुन सक्छ।

कुनै एक जोखिमले सम्पत्ति वा दायित्वको एकाइलाई जनाउँछ, जसका आधारमा स्वयं व्यहोर्ने सीमा र क्षतिपूर्ति सीमा लागू हुन्छ। कुनै एक घटनाले क्षतिको कारण वा घटनालाई जनाउँछ । जस्तै बाढी, भूकम्प, वा आगलागी, जसले एकभन्दा बढी जोखिमहरूलाई एकैपटक असर गर्न सक्छ।

एउटै घटनाले धेरै जोखिमहरूलाई असर गर्न सक्छ। त्यसैले सम्झौतामा जोखिम आधारित वा घटना आधारित कुन व्यवस्था छ भन्ने कुराले दाबीको रकममा ठूलो फरक पार्छ।

४) बीमा व्यवसायी तथा प्राविधिकहरूका लागि व्यावहारिक सुझाव

दाबीको समयमा हुनसक्ने विवाद र कानुनी उल्झनबाट बच्न सीए रामकृष्णनले निम्न व्यावहारिक सुझावहरू दिएका छन् ।
क) स्पष्ट परिभाषाः सम्झौता पत्रमा कुनै एक जोखिमको स्पष्ट परिभाषा छ वा छैन सुनिश्चित गर्नुहोस्।
ख) एग्रिगेसनः पुनर्बीमा सम्झाैतामा उल्लेखित प्रावधानको पुनरावलोकनः विपत्ति वा साझा कारणबाट हुने क्षतिको हकमा कसरी लागू हुन्छ, ध्यानपूर्वक अध्ययन गर्नुहोस्।
ग) सम्पत्तिको प्रकृतिको विश्लेषणस् ठूला पूर्वाधार वा बहुस्थान भएका औद्योगिक जोखिमहरूको हकमा वास्तविक जोखिम एकाइ कति हो भनी स्पष्ट हुनुहोस्।
घ) सम्झौताको समग्र अध्ययनः पुनर्बीमा सन्धी अनुसूची, परिभाषा, अपवाद र सम्पुष्टीलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा पढ्नुपर्छ।

नेपालका निर्जीवन बीमा कम्पनीहरूले जलविद्युत् आयोजना, ठूला उद्योग, र प्राकृतिक प्रकोपबाट प्रभावित हुने क्षेत्रहरूको ठूलो जोखिम वहन गरिरहेका छन्। सीए चन्द्रशेखरन रामकृष्णनले उल्लेख गर्नुभएझैँ, दाबी परिसकेपछि विवाद गर्नुभन्दा सम्झौता तयार पार्ने चरणमै स्पष्टता ल्याउनु धेरै उत्तम हुन्छ।

नेपाली बीमा कम्पनी, पुनर्बीमक, ब्रोकर र नियमनकारी निकायहरूका लागि पुनर्बीमा सम्झौताका यस्ता प्राविधिक शब्दहरूको सूक्ष्म विश्लेषण गर्नु वित्तीय सुरक्षा र दीर्घकालीन स्थिरताका दृष्टिले अत्यन्त आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS