IME Life New

सन सेक्युरिटिजद्वारा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सन सेक्युरिटिज स्टक ब्रोकर नं ६४ ले लगानीकर्ता सचेतना, वित्तीय साक्षरता तथा पुँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले असोज २१ देखि २३ गतेसम्म विभिन्न चारवटा कार्यक्रम सम्पन्न गरेको छ ।

लगानीकर्तालाई पुँजी बजारसम्बन्धी सही जानकारी प्रदान गर्ने, वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्ने तथा विद्यार्थीहरूमा लगानीसम्बन्धी व्यावहारिक ज्ञान विकास गर्ने उद्देश्यले यी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम अन्तर्गत २०८३ साल असोज २१ गते सन सेक्युरिटिजको कार्यालयमा लगानीकर्ता अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा स्टक मार्केट विश्लेषकद्वय पुरुषोत्तम चिमोरिया र अस्तित्व शर्माले नेपालको पुँजी बजारको वर्तमान अवस्था, बजारका सम्भावना तथा चुनौती, लगानी रणनीति र जोखिम व्यवस्थापनका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए । सहभागीहरूले विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै बजारसम्बन्धी जिज्ञासा राख्ने तथा आफ्नो लगानीसम्बन्धी बुझाइलाई थप स्पष्ट बनाउने अवसर प्राप्त गरेका थिए ।

त्यसैगरी, २०८३ साल असोज २२ गते विश्व लगानीकर्ता सप्ताहकै अवसरमा सन सेक्युरिटिजले दुईवटा छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरेको थियो । पहिलो कार्यक्रमअन्तर्गत ललितपुरको ग्वार्कोस्थित सुप्रभात कलेजका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो ।

उक्त कक्षामा बचतको महत्त्व, व्यक्तिगत वित्तीय व्यवस्थापन, पुँजी बजारको आधारभूत जानकारी, शेयर बजारमा लगानी गर्ने प्रक्रिया, लगानीका अवसर तथा जोखिम र विवेकपूर्ण लगानी निर्णयका विषयमा जानकारी प्रदान गरिएको थियो । विद्यार्थीहरूमा वित्तीय अनुशासन र जिम्मेवार लगानीसम्बन्धी सोच विकास गर्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो ।

सोही दिन लगानीकर्ता भेटघाट तथा चियापान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा लगानीकर्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै नेपालको पुँजी बजारको वर्तमान अवस्था, बजारका सम्भावना तथा चुनौती र भावी लगानी रणनीतिका विषयमा छलफल गरिएको थियो ।

लगानीकर्ताले आफ्ना जिज्ञासा, अनुभव तथा विचारहरू आदानप्रदान गर्ने अवसर पाएका थिए । यस कार्यक्रमले लगानीकर्ता र ब्रोकर कम्पनीबीचको सम्बन्ध थप सुदृढ बनाउँदै सूचित तथा जिम्मेवार लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो ।

यसैगरी, २०८३ साल असोज २३ गते क्वेस्ट इन्टरनेसनल कलेजका विद्यार्थीहरूका लागि सन सेक्युरिटिजको कार्यालयस्थित ट्रेडिङ हलमा ब्रोकर भिजिट कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले धितोपत्र दलाल कम्पनीको कार्यप्रणाली, शेयर कारोबार प्रक्रिया, अनलाइन कारोबार प्रणाली, लगानीकर्तालाई प्रदान गरिने सेवा तथा नेपालको पुँजी बजारको व्यावहारिक पक्षबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए ।

कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्ने तथा विद्यार्थीहरूलाई पुँजी बजारको वास्तविक कार्यप्रणालीसँग परिचित गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।

यी कार्यक्रमहरू सन सेक्युरिटिजका कर्मचारीहरू विवेक अधिकारी, दीपक राज पन्त, दिपेश न्यौपाने र राहुल थापालिया को सहजीकरणमा सञ्चालन गरिएका थिए । उनीहरूले सहभागीहरूलाई पुँजी बजारको आधारभूत अवधारणा, लगानी प्रक्रियाको व्यावहारिक पक्ष, वित्तीय साक्षरताको आवश्यकता तथा जोखिम पहिचान र व्यवस्थापनसम्बन्धी विषयमा जानकारी प्रदान गरेका थिए ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा सञ्चालन गरिएका यी चारवटै कार्यक्रमले विद्यार्थी तथा लगानीकर्तामा वित्तीय ज्ञान अभिवृद्धि गर्न, पुँजी बजारप्रति सकारात्मक र जिम्मेवार दृष्टिकोण विकास गर्न तथा सूचित लगानी निर्णयलाई प्रोत्साहन गर्न योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

सन सेक्युरिटिजले आगामी दिनहरूमा पनि वित्तीय साक्षरता विस्तार, लगानीकर्ता शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै नेपालको पुँजी बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्ता मैत्री बनाउन आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS