IME Life New

विश्व करदाता संघको सल्लाहकार बोर्डमा गोविन्द शर्मा गैह्रे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका करदाता अधिकार, कर नीति तथा वित्तीय सुशासनका क्षेत्रमा सक्रिय चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैह्रे विश्व करदाता संघको सल्लाहकार बोर्डमा नियुक्त भएका छन् । गैह्रेको नियुक्ति पोल्यान्डको क्राकोमा आयोजित विश्व करदाता संघको साधारणसभा तथा सम्मेलनका क्रममा भएको हो। उक्त सम्मेलन सन् २0२६ अक्टोबर ५, आइतबार सम्पन्न भएको थियो । संघको साधारणसभाबाट भएको यस नियुक्तिले नेपालको करदाता अधिकार अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको छ।

विश्वका ५ भन्दा बढी देशका करदाता संगठनहरूलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्जाल डब्लुटीए ले करदाताको अधिकार संरक्षण, न्यायोचित कर प्रणाली, पारदर्शी सार्वजनिक खर्च तथा उत्तरदायी सरकारको अवधारणालाई प्रवद्र्धन गर्दै आएको छ। गैह्रेको नियुक्तिलाई नेपालको करदाता अधिकारसम्बन्धी अभियान र अन्तर्राष्ट्रिय कर नीति संवादबीच सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

Esewa
Crest

गैह्रे नेपाल करदाता कल्याण समाजका संस्थापक अध्यक्ष हुन् । उनले करदाताको हकहित संरक्षण, करसम्बन्धी जनचेतना अभिवृद्धि, कर प्रशासनमा सुधार तथा कर नीतिलाई थप पारदर्शी र उत्तरदायी बनाउने विषयमा निरन्तर पैरवी गर्दै आएका छन् ।

चार्टर्ड एकाउन्टेन्ट, व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गैह्रेले वित्तीय तथा सञ्चालन लेखापरीक्षण, वित्तीय नियमन र पुँजी बजारसम्बन्धी कानुनी तथा अनुपालनका विषयमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव हासिल गरेका छन् । उनको व्यावसायिक अनुभवले कर नीति, कर प्रशासन सुधार र करदाता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय बहसमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

करदाता अधिकारको अवधारणाले कर तिर्नुपर्ने दायित्वसँगै करदाताले निष्पक्ष व्यवहार, प्रभावकारी सार्वजनिक सेवा, निर्णयविरुद्ध स्वतन्त्र पुनरावेदनको अवसर र न्यायिक सुनुवाइको अधिकार पाउनुपर्ने मान्यतालाई जोड दिन्छ । कर प्रणालीप्रति नागरिकको विश्वास बढाउन पारदर्शिता, सरल प्रशासन र सार्वजनिक स्रोतको जवाफदेही उपयोग महत्त्वपूर्ण हुने विषयमा गैह्रेले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS