काठमाडौं । आर्थिक वर्ष २०८३ /८४ को दुई महिना अर्थात भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल ९ अर्ब ८३ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् । आज नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको कम्पनीहरुको तथ्याङक अनुसार यी कम्पनीहरुले ४ लाख ८२ हजार ६२७ वटा बीमा पोलिसी बिक्री गरी कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस दुई महिनाको अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इनस्योरेन्स कम्पनी रहेको छ । कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

तेस्रोमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ९७ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ९६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सुद्धार्थ प्रिमियर इनस्योरेन्स कम्पनीले ८९ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ८२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ७४ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ७० करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ६१ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल यनस्योरेन्स कम्पनीले ४३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ४२ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४१ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ३४ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।












