IME Life New

नेपाल चिकित्सक संघको सहकार्यमा कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चिकित्सक संघको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकहरुले प्रस्तुतीकरण, अन्तरक्रिया तथा व्यावहारिक सहजीकरण मार्फत सहभागी महिला चिकित्सकहरूलाई वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरेका थिए ।

Esewa
Crest

कार्यक्रमको सुरुवात गर्दै डा. सुजिता हिराचनले चिकित्सकहरूका लागि वित्तीय व्यवस्थापन, बजेट निर्धारण तथा कर व्यवस्थापनको आवश्यकता र महत्व बारे प्रकाश पारे । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विषयमा CA अनुपमा सङग्रौला तथा बैंकको तर्फबाट डिजिटल अपरेशन विभागका प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्य कान्त न्यौपानेले सहजीकरण गरेका थिए । उनीहरूले सहभागी चिकित्सकहरूलाई व्यक्तिगत वित्तीय योजना, बजेट निर्माण, बचत, लगानी, कर व्यवस्थापन तथा दीर्घकालीन वित्तीय सुरक्षालगायतका विषयमा व्यावहारिक जानकारी प्रदान गरे ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले चिकित्सकहरूले आफ्नो पेशासँगै वित्तीय व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । उनले चिकित्सकहरूको व्यावसायिक जीवनसँगै व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि वित्तीय ज्ञान र व्यवस्थित वित्तीय योजना महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कामना सेवा विकास बैंक तथा सम्पूर्ण सम्बन्धित पक्षलाई अध्यक्ष रिजालले धन्यवाद ज्ञापन गरे । कार्यक्रम संयोजक डा. निशा आचार्यले महिला चिकित्सकहरूका लागि वित्तीय साक्षरता महत्वपूर्ण र आवश्यक विषय भएकाले यस्ता कार्यक्रमले आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्की विशेष अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. युबिन यादव तथा नेपाल चिकित्सक संघकी कार्यकारी सदस्य डा. बिना श्रेष्ठ अतिथिका रूपमा सहभागी थिए ।

महिला चिकित्सकहरूको व्यावसायिक विकाससँगै उनीहरूको आर्थिक सशक्तीकरण र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूलाई आफ्नो आम्दानीको उचित व्यवस्थापन, भविष्यका लागि वित्तीय योजना निर्माण तथा आर्थिक निर्णय लिन थप सक्षम बनाउने बैंकले विश्वास लिएको छ ।

बैंकले वित्तीय पहुँच वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि नेपाल सरकारले लिएको लक्ष्यको प्राप्तिका निम्ति विभिन्न कार्यक्रमहरु आगामी दिनमा सञ्चालन गर्ने प्रतिबद्धता समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS