IME Life New

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ९३ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजारमा सामान्य वृद्धि भउको छ । आज नेप्से परिसूचक २ दशमलव ३१ अंकले बढेर २,५७४ को विन्दुमा कायम भएको छ । आज १४० कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५४ कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ६ लाख रपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखाको १९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले ६ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी भ्यालु फन्ड २ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS