IME Life New

नेप्सेमा गिरावट, कारोबार रकम ३ अर्ब ७४ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३८ अंकले घटेर २,५७२ को विन्दुमा कायम भएको छ । आज १ सय कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५९ कम्पनीको १ करोड ३ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव २५ प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले ५ दशमलव ८३ प्रतिशतका दरले कमाएका हुन् । इङवा हाइड्रोका लगानीकर्ताले ४ दशमलव ८५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजना २ का इकाईधनीले गुमाएका हुन् । आज यसका इकाईधनीले ५ दशमलव २६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS