IME Life New

सन सेक्युरिटिजद्वारा इस्लिङ्टन कलेजमा ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिजले MoneyMaze Islington Community को सहकार्यमा Islington College  का विद्यार्थीहरूका लागि आयोजना गरेको ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । भदौ ८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता ३० दिनसम्म सञ्चालन भएको थियो । विद्यार्थीहरूलाई शेयर बजारको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामार्फत सहभागीहरूले सिमुलेसन प्लेटफर्ममा शेयर खरिद तथा बिक्री गर्दै बजारको गतिशीलता, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्राप्त गरेका थिए ।

प्रतियोगिताको अवधिभर विद्यार्थीहरूले बजारका गतिविधि तथा कम्पनीहरूको प्रदर्शनलाई विश्लेषण गर्दै विभिन्न लगानी तथा कारोबारसम्बन्धी निर्णयहरू लिएका थिए । यसले विद्यार्थीहरूमा शेयर बजारप्रतिको व्यावहारिक बुझाइ विकास गर्न तथा सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

Esewa
Crest

प्रतियोगिताको अन्तिम नतिजाअनुसार Achhurna Kafle ले उत्कृष्ट प्रदर्शन गर्दै Tournament Winner  को उपाधि हासिल गरेका छन । विजेता Kafle ले रु २५,००० नगद पुरस्कार प्राप्त गरेका छन । त्यस्तै,Arun Bhandari ले 1st Runner-up हुँदै रु १५,००० नगद पुरस्कार प्राप्त गरेका छन भने Sonu Kumar ले 2nd Runner-up को स्थान हासिल गर्दै रु १०,०००  नगद पुरस्कार प्राप्त गरेका छन ।

युवा पुस्तामा वित्तीय साक्षरता, लगानीसम्बन्धी ज्ञान तथा पूँजी बजारप्रतिको व्यावहारिक बुझाइ अभिवृद्धि गर्ने उद्देश्यअनुरूप सन सेक्युरिटिजले यस्ता शैक्षिक तथा व्यावहारिक कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । स्टक सिमुलेसनजस्ता कार्यक्रमले विद्यार्र्थीहरूलाई वास्तविक रकम लगानी नगरी बजारको व्यवहार बुझ्न, लगानी रणनीति बनाउन तथा निर्णय क्षमता विकास गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।

सन सेक्युरिटिजले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद दिँदै विजेता Achhurna Kafle, प्रथम उपविजेता Arun Bhandari  तथा द्वितीय उपविजेता Sonu Kumar  लाई हार्दिक बधाई व्यक्त गरेको छ ।

साथै, प्रतियोगितालाई सफल बनाउन सहकार्य तथा सहयोग प्रदान गरेको Islington College र MoneyMaze Islington Communityप्रति सन सेक्युरिटिज प्रा.लि.ले आभार व्यक्त गरेको छ ।

सन सेक्युरिटिजले आगामी दिनमा पनि विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै वित्तीय साक्षरता, पूँजी बजार शिक्षा तथा व्यावहारिक लगानी ज्ञान अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS