IME Life New

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९५ अंकले बढेर २,५७८ को विन्दुमा कायम भएको छ । आज १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५९ कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ९१ लाख रुपेयाँको शेयर कारोबार भएको छ । लिबर्टीै इनर्जीको १३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखाको ९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ३ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS