IME Life New

लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्नो ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो कात्तिक १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटा नगरपालिकाको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS