IME Life New

नेप्सेमा दोहोरो अंकको गिरावट, २४२ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २० दशमलव ४८ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५९ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्र्ड बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ७५ प्रतिशतका दरले कमाएका हुन् । नेपाल एसबिआई डिबेञ्चर इकाईधनीले ४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई सम्मुनत योजनाका इकाईधनीले पनि ४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS