IME Life New

एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक ‘एप्पल पे’ र ‘गुगल पे’ भुक्तानी सेवा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआई सी एशिया बैंकद्धारा ई–कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक ‘एप्पल पे’ र ‘गुगल पे’ अन्तर्गतका भिसा तथा मास्टरकार्ड प्रयोगकर्तामार्फत सहजै भुक्तानी प्राप्त गर्ने सक्ने भएका छन् ।

यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको CyberSource Payment Gateway  मा आवद्ध भएका र हुन चाहने व्यवसायिक ग्राहकहरुले विश्वभर रहेका Apple Pay tyf Google Pay प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रुपमा भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

Esewa
Crest

Apple Pay tyf Google Pay विश्वव्यापी रुपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन् । जसमा अन्तर्राष्ट्रिय ग्राहक महानुभावहरुले भौतिक रुपमा कार्ड प्रयोग गर्नु पर्ने झन्झटलाई हटाइ आफ्नो कार्डको विवरणहरुलाई Apple Pay tyf Google Pay  मोबाइलमा Tokenize गरेर सरल तरिकाबाट भुक्तानी गर्न सक्नेछन् ।

स सुविधाको उपयोग गर्न विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स, आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहक महानुभावहरुले बैंकको ई–कमर्स पेमेन्ट गेटवे CyberSource मा आवद्ध भई अन्तर्राष्ट्रिय ग्राहकहरुबाट Apple Pay tyf Google Pay मार्फत भुक्तानी लिन सक्नेछन् ।

यस सुविधाले नेपाली व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित Payment experience सुविधा प्रदान गर्न सहयोग पुर्याउनेछ । विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्श, आईटी क्षेत्र, सामान निर्यात गर्ने व्यवसायी लगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

नेपालमै पहिलो पटक शुरु भएको यस भुक्तानी सेवाले भुक्तानी सेवालाई थप सहज र सरल बनाउने, मर्चेन्ट ग्राहक महानुभावहरुको व्यवसायमा टेवा दिने, भुक्तानी सरल र सुरक्षित बनाउनुको साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान गर्दै देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS