IME Life New

क्यापिटल म्याक्स सेक्युरिटिजद्वारा ७.९९% ब्याजदरमै स्मार्ट मार्जिन ट्रेडिङ सुविधा सञ्चालनको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नं. ६२) ले आफ्ना ग्राहकलाई थप लगानी क्षमता, लचिलो वित्तीय पहुँच तथा सहज कारोबारको अवसर प्रदान गर्ने उद्देश्यले ‘स्मार्ट मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याउने भएको छ।

यस सुविधाअन्तर्गत ग्राहकले आफ्नो उपलब्ध पुँजीको प्रभावकारी उपयोग गर्दै थप लगानी गर्न सक्नेछन्। क्यापिटल म्याक्सले यो सुविधालाई केवल अतिरिक्त खरिद क्षमता प्रदान गर्ने माध्यमका रुपमा नभई ग्राहकलाई आफ्नो तरलता व्यवस्थापन गर्दै बजारका अवसरहरुमा समयमै सहभागी हुन सहयोग पुर्याउने वित्तीय सुविधाका रुपमा अघि सारेको छ।

Esewa
Crest

७.९९% वार्षिक ब्याजदरमा मार्जिन ट्रेडिङ सुविधा

क्यापिटल म्याक्स सेक्युरिटिजको स्मार्ट मार्जिन ट्रेडिङ सुविधाअन्तर्गत वार्षिक ७.९९% ब्याजदर कायम गरिएको छ। ग्राहकले स्वीकृत सीमाभित्र आवश्यकताअनुसार वित्तीय सुविधा उपयोग गर्न सक्नेछन्।

ग्राहकले यो सुविधा न्यूनतम १० लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म पाउनेछन्। ग्राहकको न्यूनतम मार्जिन ३० प्रतिशत रहनेछ भने ब्रोकर कम्पनीको फाइनान्सिङ ७० प्रतिशत रहनेछ। यो मार्जिन सुविधा १ महिनादेखि ३ महिनासम्मको हुनेछ भने ग्राहकले सुविधा उपभोग गरेबापत ०.२५ प्रतिशत सेवा शुल्क तिर्नुपर्नेछ।

मार्जिन ट्रेडिङ किन ?

  • थप खरिद क्षमताः कम प्रारम्भिक पुँजीबाट आफ्नो खरिद क्षमता बढाउन सकिने।
  • आफ्नो इक्विटीको प्रभावकारी उपयोग आफ्नो उपलब्ध इक्विटीको आधारमा थप लगानी क्षमता प्राप्त गर्न सकिने।प्रतिस्पर्धी ब्याजदरः ७.९९% वार्षिक ब्याजदरमा मार्जिन ट्रेडिङ सुविधा।

क्यापिटल म्याक्स सेक्युरिटिज नै किन ?

  • सरल तथा व्यवस्थित प्रक्रियाः मार्जिन खातामार्फत सहज वित्तीय सुविधा,
  • मार्जिन सीमाः १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको वित्तीय सीमा,
  • ७०% सम्म फाइनान्सिङः स्वीकृत सीमाभित्र अधिकतम ७० प्रतिशत सम्म वित्तीय सुविधा,
  • ७.९९% वार्षिक ब्याजदर।

प्रयोग गरेको रकममा मात्र ब्याजः स्वीकृत सम्पूर्ण सीमामा नभई वास्तवमा प्रयोग गरिएको रकममा मात्र व्याज लागू हुने व्यवस्था।
यद्यपि, मार्जिन ट्रेडिङ सुविधासम्बन्धी सम्पूर्ण कारोबार तथा वित्तीय सुविधा प्रचलित नियम, नियामकीय व्यवस्था, स्वीकृत सीमा तथा कम्पनीका सम्बन्धित सर्तबमोजिम हुने कम्पनीले जनाएको छ। मार्जिन ट्रेडिङमा बजार जोखिम रहने भएकाले लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमता र लगानी उद्देश्यलाई ध्यानमा राखी निर्णय गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS