काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूृहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। व्यापार समूह सर्वाधिक ०.६० प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७३ प्रतिशतले घटेको छ।
आज बजारमा ६१ वटा कम्पनीको शेयरभाउ बढ्दा २०७ वटा कम्पनीको घटेको छ। यो दिन ११ वटा कम्पनीको स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ। यो दिन एसबीएल डिबेन्चेरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी













