IME Life New

चीनको यो कदमले विश्वमा हाहाकार, कच्चा तेलको मूल्य फेरि १०० डलर माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजको सुरुआती कारोबारमा कच्चा तेलको मूल्य बढेर फेरि एकपटक प्रतिब्यारेल १०० डलर नाघेको छ।

चीनले इन्धन निर्यात रोकेको छ। चीन विश्वमा परिष्कृत पेट्रोलियम पदार्थको प्रमुख निर्यातकर्ता हो। अमेरिकाले मध्यपूर्वमा थप सेना तैनाथ गर्ने विचार पनि गरिरहेको छ। जसले इरानसँगको तनाव बढ्ने र यस क्षेत्रमा ऊर्जा आपूर्तिमा थप अवरोध आउने चिन्ता बढाएको छ।

Esewa
Crest

चीनको घोषणापछि ब्रेन्ट कच्चा तेलको मूल्य लगभग ५ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारहरुले चीनबाट इन्धन आपूर्ति अभाव र मध्यपूर्वमा बढ्दो भूराजनीतिक जोखिमहरु निगरानी गर्दा कच्चा तेलको मूल्य लगातार तीन सत्रदेखि बढिरहेको छ। चीनले बिहीबार एक हप्ता लामो बिदा सुरु गर्यो। तर, प्रमुख रिफाइनरीहरुलाई हङकङ र मकाउबाहेक अन्य क्षेत्रमा इन्धन निर्यात गर्न अनुमति दिएन।

तरल इन्धन निर्यातमा चीनको प्रतिबन्धले विश्वव्यापी इन्धन आपूर्तिका बारेमा चिन्ता बढाएको छ। अमेरिका–इजरायली युद्ध सुरु भएपछि बेइजिङले मार्चमा इरानमा इन्धन निर्यात प्रतिबन्ध लगाएको थियो। जुलाईमा प्रतिबन्ध खुकुलो गरिएको थियो। त्यसपछि चीनले मासिक रुपमा डिजेल, पेट्रोल र जेट इन्धनको ढुवानी व्यवस्थापन गर्न थाल्यो।

यसैबीच मिडिया रिपोर्टहरुका अनुसार अमेरिकाले मध्यपूर्वमा तेस्रो विमान वाहक र १० हजारसम्म थप सेना पठाउँदैछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मध्यावधि चुनावपछि इरानमाथि आक्रमण पुनः सुरु गर्ने विचार गरिरहेको अनुमान गरिएको छ। यी घटनाक्रम यस्तो समयमा आएका छन्, जब मध्यपूर्वबाट कच्चा तेलको आपूर्ति धेरै हदसम्म युद्धपूर्वको स्तरमा फर्किएको छ।

यद्यपि, बजारहरु चिन्तित छन् कि यो पुनप्र्राप्ति द्वन्द्व अन्त्य गर्न स्थायी सम्झौता बिना टिक्न सक्दैन। कच्चा तेलको मूल्यमा वृद्धिले महँगीको जोखिम निम्त्याउँछ। केन्द्रीय बैंकहरुले महँगी नियन्त्रण गर्न ब्याजदर बढाउन सक्छन्। अमेरिका र जापानका बैंकहरुले पहिले नै ब्याजदर बढाइसकेका छन्। आरबीआईको एमपीसी पनि अर्को हप्ता बैठक हुँदैछ। जहाँ रेपो दर वृद्धि हुने सम्भावना छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS