काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले बीमालेखको चुक्ता, जीवित लाभ र पूर्ण परिपक्व लाभ रकम लिन आउन बीमितलाई आग्रह गरेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। यस कम्पनीमा बीमा गरेका बीमितहरुको बीमालेखहरु विभिन्न मितिमा परिपक्व भएको र विगत लामो समयदेखि बीमालेखहरुको चुक्ता, जीवित लाभ र पूर्ण परिपक्व लाभ रकम भुक्तानी हुन नसकी बाँकी रहेको सूचनामा जनाइएको छ।
त्यसैले दाबी रकम प्राप्त गर्नका लागि आफूसँग भएको सक्कल बीमालेख, नागरिकताको प्रतिलिपि, रद्द गरिएको चेकको प्रतिलिपिका साथै अन्य आवश्यक कागजातसहित आफूलाई पायक पर्ने कम्पनीका कुनै पनि शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गरी दाबी भुक्तानी बीमित तथा कनुनी हकवालाहरुलाई कम्पनीले आग्रह गरेको छ।












