IME Life New

निजामती विधेयकमा कर्मचारीको छोराछोरीको शैक्षिक बीमासहित थुप्रै बीमा सुविधाको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा पेश गरेको प्रस्तावित संघीय निजामती सेवा सम्बन्धी ऐनमा निजामती कर्मचारीको लागि स्वास्थ्य, दुर्घटना, सावधिक र सन्तानको शैक्षिक बीमासम्मको सुविधा प्रस्ताव गरिएको छ।

नेपाल सरकारले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना
भएको नेपाल सरकारले तोकेको निकायसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

विधेयकमा निजामती कर्मचारीको योगदानमा आधारित साबिकको सावधिक जीवन बीमा सम्बन्धी व्यवस्थालाइ निरन्तरता दिइएको छ। सावधिक जीवन बीमाको व्यवस्थापन गर्न एक सावधिक जीवन बीमा कोषको स्थापना गर्ने प्रस्ताव गरिएको छ। अहिले ‘राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन बीमा कोष व्यवस्थापन कार्यविधि, २०७६’ मार्फत् नागरिक लगानी कोषले बीमा कोषको व्यवस्थापन गर्दै आएको छ।

सरकारले जीवन बीमा कोषको प्रस्तावसँगै लाभांशसहित बढी सुविधा दिने प्रचलित कानूनबमोजिम स्थापित अन्य कुनै कोषमार्फत् समेत सावधिक जीवन बीमाको व्यवस्थापन गर्न सकिने व्यवस्था समेत प्रस्ताव गरेको छ। नागरिक लगानी कोषले व्यवस्थापन गर्दै आएकोमा सरकारले अन्य कुनै कोषमार्फत् यसको व्यवस्थापन गर्न सक्नेछ। नागरिक लगानी कोषले कोषमा संकलित रकमबाट राष्ट्रिय जीवन बीमा कम्पनीमा बीमाशुल्क भुक्तानी गरेर बाँकी रहेको रकम लगानी गर्दै आएको छ।

निजामती कर्मचारीको जीवन बीमाशुल्कवापतको हिसाबकिताबमा नागरिक लगानी कोष र राष्ट्रिय जीवन बीमा कम्पनीको हिसाबकिताबमा ठूलो गडबडी छ। यसबारे महालेखा परिक्षकको कार्यालयले पटक पटक आफ्नो वार्षिक प्रतिवेदनमा कैफियत जनाउँदै आएपनि हिसाबमिलान हुन सकेको छैन ।

“सावधिक जीवन बीमा संचालन कार्यविधि, २०७५”  मार्फत् कर्मचारीको समेत योगदानमा २० वर्षे अवधिको रू २ लाखको सावधिक जीवन बीमाको व्यवस्था गरिएको छ। यो सुविधाका लागि कर्मचारीले वार्षिक रू ४८०० रूपैयाँ बीमाशुल्क वापत भुक्तानी गर्छन् बाँकी रू ४८०० रूपैयाँ सरकारले व्यहोर्ने गरेको छ।

यसबाहेक निजामती कर्मचारीको दुर्घटना बीमाको व्यवस्थालाइ पनि निरन्तरता दिने प्रस्ताव गरिएको छ। श्रम ऐन २०७४ मा रोजगारदाताले सबैखाले कर्मचारी तथा श्रमिकको कम्तीमा ७ लाख रूपैयाँ बराबरको दुर्घटना बीमा गर्नुपर्ने प्रावधान छ। सरकारले निजामती कर्मचारीका लागि निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि २०७९ मार्फत् रू. १० लाख बीमाङ्कको सामूहिक दुर्घटना बीमा गराउँदै आएको छ।

निजामती‍ कर्मचारीको सन्तानको लागि शैक्षिक बीमा पनि गरिदिने भएको छ। ऐन प्रारम्भ भएपछि निजामती कर्मचारीका बढीमा दुई सन्ततिलाई स्नातक तहसम्म अध्ययन गर्न आवश्यक पर्ने खर्चको निमित्त शैक्षिक बीमा योजना लागू गर्न सकिनेछ भन्ने विधेयकमा उल्लेख छ । यसबाहेक निजामती कर्मचारीकी सेवामा छँदै मृत्यु भएमा निजको परिवारलालाई एकमुष्‍ठ विशेष आर्थिक सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS