IME Life New

कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १२ हजार १८४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीहरुले संस्थापक शेयर बिक्रीका लागि निवेदन पेश गरेअनुसार संस्थाले सो शेयर बिक्रीमा राखेको हो ।

संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै शेयर खरिदका लागि आवेदन माग गरेको थियो । संस्थाले तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि लिखित आवेदन नपरेपछि संस्थाले उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको हो ।

Esewa
Crest

अब संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले पोखरास्थित संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन पेश गर्नुपर्नेछ । आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS