IME Life New

एभरेष्ट बैंकको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Esewa
Crest

नेप्सेले बैंकको ५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ७२७ रुपैयाँ ५० पैसाका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ। बैंकले असोज १४ गते, बुधबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS