IME Life New

कस्तो छ मुक्तिनाथले प्राप्ति गर्न लागेका सिन्धु विकास बैंक र जानकी फाइनान्सको वित्तीय अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरको अग्रणी ‘ख’ वर्गको मुक्तिनाथ विकास बैंकले बागमती प्रदेश कार्यक्षेत्र रहेको सिन्धु विकास बैंक र मधेस प्रदेश कार्यक्षेत्र रहेको जानकी फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेसँगै दुवै संस्थाको पछिल्लो वित्तीय सूचकहरु चर्चामा आएका छन्।

आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार प्राप्ति हुन लागेका दुवै संस्था वित्तीय दबाबमा देखिएका छन्। विशेषगरी जानकी फाइनान्सको निष्क्रिय कर्जा निकै उच्च र प्रतिशेयर नेटवर्थ ऋणात्मक रहेको छ भने सिन्धु विकास बैंक पनि वितरणयोग्य मुनाफामा ऋणात्मक अवस्थामा छ।

Esewa
Crest

पुँजी तथा जगेडा कोषको स्थितिलाई हेर्दा चुक्तापुँजीतर्फ जानकी फाइनान्सको ६९ करोड ४ लाख रुपैयाँ र सिन्धु विकास बैंकको ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा जानकीको ४३ करोड ९ लाख रुपैयाँ र सिन्धुको २१ करोड ९२ लाख रुपैयाँ सञ्चित छ। तर, विगतका नोक्सानीका कारण दुवै संस्थाको सञ्चित मुनाफा तथा वितरणयोग्य मुनाफा ठूलो अंकले ऋणात्मक छ। जानकी फाइनान्सको सञ्चित नोक्सानी १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ ऋणात्मक पुगेको छ भने सिन्धु विकास बैंकको पनि २३ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। उच्च सञ्चित नोक्सानीका कारण जानकी फाइनान्सको प्रतिसेयर नेटवर्थसमेत ऋणात्मक भई ०.८९ रुपैयाँमा झरेको छ। जब कि सिन्धु विकास बैंकको प्रतिसेयर नेटवर्थ ९६.८७ रुपैयाँ कायम छ।

व्यवसाय विस्तार र आम्दानीतर्फ चौथो त्रैमाससम्म सिन्धु विकास बैंकले ५ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकले १४ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरी १० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ।

उता जानकी फाइनान्सले २ अर्ब २६ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ११ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै १७ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सोही आधारमा सिन्धुको प्रतिसेयर आम्दानी १८ पैसा र जानकीको १.३५ रुपैयाँ रहेको छ।

यस वित्तीय विवरणको सबैभन्दा चिन्ताजनक पक्ष भनेको खराब कर्जाको स्तर हो। जानकी फाइनान्सको निष्क्रिय कर्जा ६१.५५ प्रतिशतको निकै जोखिमपूर्ण अवस्थामा पुगेको छ भने सिन्धु विकास बैंकको पनि ५.९२ प्रतिशत रहेको छ। दुई संस्थालाई प्राप्ति गरेर मुक्तिनाथ विकास बैंकले आफ्नो सञ्जाल विस्तार गरे पनि खराब कर्जा असुली मुख्य चुनौतीका रुपमा रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS