काठमाडौं । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने भएको छ।
प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा शुक्रबार ३ वटै संस्थाले हस्ताक्षर गरेका छन्। योसँगै अब मुक्तिनाथ विकास बैंकले ती दुवै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढेको छ।
यसैबीच बैंकले धितोपत्र दर्ता गराएका संगठित संस्था एक–आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ बमोजिम आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेको छ।












