IME Life New

नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२।८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल १५.८०% लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले साधारण शेयरतर्फ ५% बोनस शेयर र १०.८०% नगद लाभांश गरी १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६.४६ रुपैयाँबराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६.७६ रुपैयाँ रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

Esewa
Crest

त्यसैगरी बैठकले बैंकको ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्तापुँजीको ८% का दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२।८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रुपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको अग्राधिकार शेयरतर्फको चुक्तापुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण शेयरतर्फको चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ।

आर्थिक वर्ष २०८२।८३ मा बैंकले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको हो। उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ। नबिल बैंकप्रति निरन्तर विश्वास र साथ प्रदान गर्ने सम्पूर्ण शेयरधनी, ग्राहक, नियामक निकाय तथा कर्मचारीहरुप्रति बैंकले आभार व्यक्त गरेको छ।

नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो। बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रुपमा अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS