IME Life New

बीमा दाबी गर्दा के-के आवश्यक पर्छ कागजात ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले देश शोकमग्न छ। अझै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्र उद्धार र राहत वितरण कार्य जारी रहेको छ।

बाढीबाट भएको क्षतिले बीमा क्षेत्रले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ। यो बाढीमा ठूलो आर्थिक क्षति हुने देखिन्छ। त्यहीअनुसार बीमा कम्पनीहरुमा पनि अर्बौंको दाबी पर्ने निश्चित छ।

Esewa
Crest

बीमा कम्पनीमा बीमा गराएको अवस्थामा घटना घटेपछि दिइने परिपूर्ति नै दाबी भुक्तानी हो। क्षतिपूर्ति प्राप्तिका माध्यम बीमा हो। मानव समाजमा विपत्ति वा जोखिमका पर्याप्त सम्भावना छन्।

व्यक्तिगत जीवन, रोजगारी, व्यावसायिक कारोबार सबैमा जोखिम व्याप्त छ। दुर्घटना भई क्षति हुन सक्छ। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो।

समान प्रकृतिको अनिश्चित जोखिमले ग्रस्त भएका व्यक्ति वा समुदायले आफ्नो जोखिमअनुरुप बीमाशुल्क बुझाइ करारका माध्यमबाट घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो।

बीमा दाबी प्रक्रिया

  • कुनै हानी वा नोक्सानीको अवस्था सिर्जना भई बीमा दाबी गर्नुपर्दा बीमित स्वयंले टेलिफोन, एसएमएस, ई–मेल तथा जुनसुकै माध्यमबाट बीमकलाई तुरुन्तै खबर गर्नुपर्छ।
  • बीमाको आंशिक दाबी गर्दा बीमालेखको छाया प्रति र पूर्ण दाबी गर्दा सक्कल बीमालेख बीमकलाई पेस गर्नुपर्छ।
  • बीमा दाबी फाराम भरी दाबीसम्बन्धी सम्पूर्ण विवरण पेस गर्नुपर्छ।
  • जीवन बीमाको हकमा बीमा अवधि समाप्ति हुनुअगावै बीमितको मृत्यु भएमा निजको हकवालाले नाता प्रमाणपत्र, बीमितको मृत्यु प्रमाणपत्र तथा दुर्घटनाबाट मृत्यु भएको भए प्रहरी प्रतिवेदन तथा चिकित्सकद्वारा गरिएको शव परीक्षण प्रतिवेदन र आवश्यकताअनुसार माग गरिएको कागजात तथा प्रमाण पेस गर्नुपर्छ।
  • निर्जीवन बीमाको हकमा सम्बन्धित बीमालेखमा उल्लेख भएबमोजिमको प्रक्रिया पूरा गरी कागजातहरु पेस गर्नुपर्छ।
  • नेपाल बीमा प्राधिकरणबाट तोकिदिएका अन्य आवश्यक विवरण पेस गर्नुपर्छ।
  • दाबी फर्छ्यौट पुर्जा बुझिलिएपश्चात चेकमार्फत दाबी भुक्तनी हुन्छ।

दाबी भुक्तानी प्रक्रियाका लागि बीमितले बीमकसमक्ष देहायबमोजिमका आवश्यक कागजात पेस गर्नुपर्नेछः

  • पूर्ण रुपले भरिएको बीमा दाबी फाराम,
  • पूर्ण दाबीको हकमा बीमालेखको सक्कल प्रति तथा आंशिक दाबीको हकमा बीमालेखको छाया प्रति,
    क्षति भएको प्रमाण,
  • आपराधिक घटना घटेको भए प्रहरी प्रतिवेदन,
  • निर्जीवन बीमाको हकमा बीमकले सर्भे गराएको भए सर्भे प्रतिवेदन निर्जीवन बीमाको हकमा सामूहिक जमानी गरिएको कागजात,
  • जीवन बीमाको हकमा नाता प्रमाणितपत्र तथा मृत्यु प्रमाणपत्र,
  • अन्य आवश्यक कागजातहरु।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS