काठमाडौं । हालै भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्ति तथा पीडित नागरिकको अवस्थालाई मध्यनजर गर्दै पेसागत बीमा अभिकर्ता संघ बीमक (हिमालयन लाइफ ) ले मानवीय सहयोग गरेको छ। संघले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको हो ।
पेसागत बीमा अभिकर्ता संघ बीमक हिमालयन लाइफको तर्फबाट रु. १,५७,००० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको संघका अध्यक्ष रेशम गौतमले जानकारी दिए ।
अध्यक्ष गौतमले भने, “देशमा परेको विपत्तिको पीडामा हामी सबैको साथ र सहयोग आवश्यक छ। हाम्रो सानो सहयोगले पनि पीडितको राहतमा केही योगदान पुग्ने विश्वास लिएका छौँ।”
बीमा क्षेत्रमा कार्यरत अभिकर्ताहरूको पेशागत हकहितसँगै सामाजिक उत्तरदायित्वप्रति पनि संघ सदैव प्रतिबद्ध रहने अध्यक्ष गौतमले बताए ।












