काठमाडौं । यो साताको शेयर कारोबारमा उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। गत साताको बिहीबार प्रतिकित्ता २ हजार ४०८ रुपैयाँ रहेको उपकार लघुवित्तको शेयरमूल्य यो साता बिहीबारसम्म आइपुग्दा ५१८ रुपैयाँ अर्थात् २१.५१ प्रतिशतले बढेर २ हजार ९२६ रुपैयाँ पुगेको छ।
मूल्यवृद्धिका आधारमा दोस्रो स्थानमा माया खोला हाइड्रोपावर कम्पनी रह्यो। यो कम्पनीको शेयरमूल्य ९.१९ प्रतिशत (२२.७० रुपैयाँ)ले बढेर २६९.६० रुपैयाँ कायम भएको छ।
त्यस्तै आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ७.४० प्रतिशत (८२ रुपैयाँ) को वृद्धि भई अन्तिम मूल्य १ हजार १९० रुपैयाँ पुगेको छ।
यसैगरी चिरख्वा जलविद्युतको शेयरमूल्य ६.९६ प्रतिशत (४० रुपैयाँ) ले बढेर ६१५ रुपैयाँ पुगेको छ भने माथिल्लो मैलुङ खोला हाइड्रोपावरको शेयरमूल्य ६.९३ प्रतिशत (२३.९० रुपैयाँ) ले वृद्धि भई ३६८.९० रुपैयाँ कायम भएको छ।
समग्रमा यो साताको बजारमा लघुवित्त र जलविद्युत समूहअन्तर्गतका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ।












