काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँ बढेको छ। योसँगै प्रतितोला सुन ३ लाख ७ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन ३ लााख ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर ४ हजार ७६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ७२५ रुपैयाँमा किनबेच भएको थियो।












