काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको २ लाख २ हजार ७९८ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन दिन ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले कम्पनीको शेयर रजिस्ट्रार रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा वा कम्पनीको काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।












