IME Life New

अमेरिकी सूचना प्रविधि कम्पनी एनभीडीआइएका सीईओ हुवाङले नेपाललाई दिए रू १.५ अर्ब सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी सूचना प्रविधि कम्पनी एनभीडीआइएका सीईओ हुवाङले नेपाललाई १ करोड अमेरिकी डलर (रू १ अर्ब ५१ करोड ) सहयोग गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अमेरिकी समाचार एजेन्सी सीएनएनसँगको भिडियो अन्तरवार्तामा यसबारे पुष्टी गरेका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले अमेरिकी कृत्रिम बुद्धिमत्ता कम्पनीका संस्थापक तथा अध्यक्ष हुवाङको यो उदारतापूर्ण सहयोगले संकटपूर्ण अवस्थामा नेपालीको मनोबल उकास्न सहयोग पुगेको प्रतिकृया दिए।

Esewa
Crest

हुवाङले रसुवाको भोटेकोशीको बाढीबाट प्रभावितहरूको उद्धार, राहत, उपचार र पुनःस्थापनाका लागि सहयोग रकम उपलब्ध गराएका हुन् ।

हुवाङको वार्षिक तलब करिब ५ अर्ब ४८ करोड रुपैयाँ भन्दा बढी (३ करोड ६४ लाख अमेरिकी डलर) रहेको छ।  संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको एनभीडीआइएले अहिले विश्वभर कृत्रिम बुद्धिमताको विकासमा नेतृत्व गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS