IME Life New

एलआईसी नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १.२५ करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई उद्धार राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन १ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब प्रमुख कार्यकारी अधिकृत अनिरबन दत्त, कम्पनी सचिव सुदर्शन गिरीलगायतयतले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

Esewa
Crest

कम्पनीले विपदमा परी मृत्युवरण भएका मृतकका परिवारजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका आत्माको चीर शान्तिको कामना गरेको छ। यसका साथै घाइतेहरुको शीध्र स्वास्थ्य लाभको कामना पनि कम्पनीले गरेको छ।

यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनर्स्थापनाको काममा थप टेवा पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS