काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात साउन महिनामा ५ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुको प्रमुख आम्दानी बीमा शुल्क हो । आर्जित बीमा शुल्कबाटै पुनर्बीमा गर्ने, दाबी भुक्तानी तिर्ने तथा बाँकी रहेको रकमलाई व्यवस्थापन गरेर मुनाफा आर्जन गर्ने गर्दछन् । कम्पनीको व्यवसायिक अवस्था कम्पनीहरुले आर्जन गर्ने बीमा शुल्कबाट थाहा हुने भएकाले यसलाई महत्वका साथ हेरिन्छ ।
यस अवधिमा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ५६ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ५५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनलजी इन्स्योरेन्स कम्पनीले ५३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले ५१ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्ट इन्स्योरेन्स कम्पनीले ४४ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यता, नेको इन्स्योरेन्स कम्पनीले ३८ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३३ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले २७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले २५ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले २४ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १९ करोड २ लाख र प्रभु इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।












