काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ६६ अंकले बढेर २,५४२ को विन्दुमा कायम भएको छ । आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ७६ प्रतिशतका दरले कमाएका हुन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले ८ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानकिर्ताले ८ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् ।













