IME Life New

बाढीपीडितको उद्धार र राहतका लागि राईट एण्ड एसोसियट्सद्वारा ६ लाख १ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राईट एण्ड एसोसियट्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख १ रुपैयाँ सहयोग गरेको छ।

देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले उक्त सहयोग गरेको हो। संस्थाका प्रबन्ध निर्देशक परसुराम अधिकारी (पीआर अधिकारी)ले भदौ १२ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत सहयोगको जानकारी दिएका हुन्।

Esewa
Crest

राईट एण्ड एसोसियट्सले भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।

संस्थाले विपद्का कारण ठूलो संख्यामा नागरिक घरबार तथा आफन्त गुमाएर कठिन परिस्थितिमा पुगेको उल्लेख गर्दै संकटको यस घडीमा प्रभावित परिवार तथा समुदायको साथमा रहेको जनाएको छ।

“यस दुःखको घडीमा थोरै भए पनि प्रभावित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ,” प्रबन्ध निर्देशक अधिकारीले भने ।

संस्थाका अनुसार राज्यले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त योगदान गरिएको हो। सिड्नीस्थित रकडेलका निर्देशक अरुण गौतमले पनि विपद्का बेला प्रभावित नागरिकको सहयोगमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गरेको जानकारी दिए।

हालैको बाढी तथा पहिरोले विशेषगरी उत्तरी नेपालका विभिन्न क्षेत्रमा घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि देश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र विभिन्न निकायबाट सहयोग जुटिरहेको छ।

२६ वर्षदेखि शिक्षा तथा माइग्रेसन क्षेत्रमा सक्रिय
राईट एण्ड एसोसियट्स विगत २६ वर्षदेखि शिक्षा, भिसा तथा माइग्रेसनसम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो। काठमाडौंको पुतलीसडकबाट सेवा सुरु गरेको संस्थाले आफ्नो सेवा विस्तार गर्दै नेपाल तथा विदेशमा करिब एक दर्जनभन्दा बढी शाखा तथा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको संस्थाले विपद् तथा सामाजिक संकटका समयमा समुदायको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS