काठमाडौं । यही भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग लगायत आसपासका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति हिमालयन लघुवित्त वित्तीय संस्थाले गहिरो दुःख व्यक्त गरेको छ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
साथै, बाढीका कारण घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । प्राकृतिक विपद्का कारण सम्पर्कविहीन हुनुभएका सर्वसाधारण, सरकारी तथा विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरू तथा परिवारजनले व्यहोर्नु परेको पीडा तथा कठिनाइप्रति संस्था गहिरो सहानुभूति प्रकट गर्दै उद्वार तथा राहत कार्यमा निरन्तर संलग्न सम्पूर्ण सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
प्राकृतिक विपद्को यस दुखद् घडीमा प्रभावित समुदायसँग संस्थाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै, प्रभावित नागरिकहरूको उद्वार÷राहत तथा पुनरस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले यस हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।












