काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा सन सेक्युरिटिजले २ लाख ११ हजार १११ सहयोग गर्ने निर्णय गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संस्थागत तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। ‘हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित घटनाक्रमले हामीलाई मर्माहत तुल्याएको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सो विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा हामी सबैजना हातेमालो गरी राज्यलाई सहयोग गर्नुपर्ने हालको आवश्यकतालाई मध्यनजर गर्दै उक्त रकम सहयोग गर्ने निर्णय गरिएको हो।’
यस्तै दैवीप्रकोपमा आवश्यक पर्ने खोजी तथा उद्धार कार्यमा नेपाल सरकारको दक्षता र क्षमता अभिवृद्धिमा सहयोग पुरÞ्याउने कार्यमा सहयोग गर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरिएको हो। उक्त रकम आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा समेत गरिएको जानकारी गराइन्छ ।












