IME Life New

विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रशासनिक भवन निर्माणको शिलान्यास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रशासनिक भवन निर्माणको शिलान्यास गरिएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्राडा शंकरप्रसाद खनालले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको पछाडिपट्टि निर्माण हुन लागेको उक्त भवन विज्ञान तथा प्रविधि अध्ययन संस्थानको आफ्नै स्रोतबाट निर्माण गर्न लागिएको हो। ९ करोड ४५ लाख ७८ हजार ४४४ रुपैयाँ ४५ पैसाको लागतमा निर्माण हुने भवनको निर्माण जिम्मेवारी सिम्पानी आरएलईभी जेभीले प्राप्त गरेको छ। इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवा परामर्शदाताका रुपमा रहेको भवनको निर्माण अवधि २०८४ साउन २६ गतेसम्म तोकिएको छ।

Esewa
Crest

विज्ञान तथा प्रविधि अध्ययन संस्थानको बढ्दो शैक्षिक तथा प्रशासनिक गतिविधिलाई व्यवस्थित बनाउन आवश्यक आधुनिक प्रशासनिक पूर्वाधार निर्माणलाई डिन खनालले विशेष प्राथमिकताका साथ अघि बढाएको बताए। हाल छुट्टै तथा पर्याप्त प्रशासनिक भवनको अभावमा डिन कार्यालयका दैनिक प्रशासनिक कार्यसम्पादनमा असहजता हुँदै आएको अवस्थामा नयाँ भवन निर्माणले संस्थानको सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

शिलान्यासपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपकुलपति थापाले विश्वविद्यालयका पूर्वाधार निर्माणमा मौलिकता, गुणस्तर र दिगोपनालाई विशेष प्राथमिकता दिनुपर्ने बताए। विश्वविद्यालयका भवनहरु प्राकृतिक विपत्तिका दृष्टिले सुरक्षित तथा दीर्घकालसम्म उपयोगी हुनुपर्ने उल्लेख गर्दै उनले निर्माण कार्यमा कुनै पनि प्रकारको गुणस्तरीय सम्झौता नगरी निर्धारित समयमै भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।

त्यस अवसरमा डिन खनालले प्रशासनिक भवनको अभावका कारण संस्थानको दैनिक प्रशासनिक कार्य सञ्चालनमा देखिँदै आएको कठिनाइलाई समाधान गर्न भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताए। उनले नयाँ भवनले संस्थानको प्रशासनिक कार्यसम्पादनलाई थप व्यवस्थित, प्रभावकारी तथा सेवामुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी नवनियुक्त शिक्षाध्यक्ष प्राडा अञ्जना महर्जन सिंह, रजिस्ट्रार डा रविन्द्र शिवाकोटी, विभिन्न अध्ययन संस्थान तथा संकायका डिन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विभागीय प्रमुख, कार्यकारी निर्देशक, निर्देशक तथा महाशाखा प्रमुखलगायतको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन डा कोमलराज रिजालले गरेका थिए। नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रशासनिक सेवा प्रवाह, शैक्षिक समन्वय तथा संस्थागत गतिविधि सञ्चालनमा थप सहजता आउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS