काठमाडौं । इस्टर्न हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद शेयर जारी पूर्वस्वीकृति पाएको छ।
आयोगले इस्टर्न हाइड्रोपावरलाई हाल काय चुक्तापुँजी ६२ करोड रुपैयाँको १ः०.८७१ अनुपातमा हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति दिएको हो। अब कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल ५४ लाख कित्ता हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रक्रिया अगाडि बढाउनेछ।
कम्पनीले यसअघि आयोगसँग हाल काय चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति मागेको हो। तर, आयोगले हकप्रद शेयरको आकार घटाएर १ः०.८७१ अनुपातमा हकप्रद शेयर जारी कम्पनीलाई पूस्वीकृति दिएको हो।












