काठमाडौं । लघुवित्त वित्तीय संस्थाले आफैँले बाढी प्रभावित क्षेत्रका शाखा स्थानान्तरण वा समायोजन गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था थप गरेको छ। संशोधित व्यवस्थाअनुसार लघुवित्त संस्थाले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना शाखा अन्यत्र स्थानान्तरण वा समायोजन गर्न सक्नेछन्।
योसँगै बाढी प्रभावित क्षेत्रका शाखा स्थानान्तरण वा समायोजन गर्न लघुवित्त संस्थाले राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन। यद्यपि, शाखा स्थानान्तरण वा समायोजन भएको ७ दिनभित्र भने राष्ट्र बैंकले लघुवित्त संस्थाले जानकारी गराउनुपर्नेछ।












