IME Life New

मातृभूमि लघुवित्तद्वारा बाढी पीडितलाई ५ लाख सहयोग प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यही भाद्र १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट सृजित प्राकृतिक प्रकोपले रसुवा लगायत आसपासका जिल्लाहरुमा मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति हुन गएको छ । यसै विपद्लाई मध्यनजर गर्दै मातृभूमी लघुवित्त वित्तीय ससंस्थाले सहयोग गरेको छ ।

संकटको यस घडिमा राहत तथा उद्वार कार्यका लागि नेपाल सरकार तथा विभिन्न संघ–संस्थाहरुले गरेको सार्थक पहल प्रति ऐक्यवद्धता जनाउँदै यस वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

Esewa
Crest

देशमा आईपरेको यस विषम् पस्थितिका कारण ज्यान गुमाउने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै यस लघुवित्तले समवेदना प्रकट गरेको छ । यस प्राकृतिक प्रकोपका कारण सम्पर्क विहिन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र उनीहरुका परिवारजनले व्यहोर्नु परेको पिडाप्रति यस वित्तीय संस्था गहिरो सहानुभूति प्रकट गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS