काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो नेपाली बजारमा सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज नेपाली बजारमा चाँदी पनि घटेको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।












