काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव २४ अंकले बढेर २,५२२ को विन्दुमा कायम भएको छ । आज १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव १५ प्रतिशतका दरले कमाएका हुन् । एमबिएल इक्विटी फन्डका इकाईधनीले ५ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ४ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् ।













