काठमाडौं । शेयर बजार मंगलबार एकल अंकले बढेको छ। नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ को विन्दुमा पुगेको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.०१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतले घटेको छ।
बजारमा आज १८१ कम्पनीको शेयरभाउ बढेको छ भने ८४ कम्पनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा २ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सोलु हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













